images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • आगामी मौद्रिक नीतिः सरोकारवाला निकायसँग परामर्श...

आगामी मौद्रिक नीतिः सरोकारवाला निकायसँग परामर्श गर्दै केन्द्रीय बैंक

आगामी मौद्रिक नीतिः सरोकारवाला निकायसँग परामर्श गर्दै केन्द्रीय बैंक

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सरोकारवाला निकायहरूसँग मौद्रिक नीतिका लागि राय(सुझाव माग गरेको हो।

    images
    images

    सूचनामा मार्फत केन्द्रीय बैंकले सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र रायसुझाव पठाउन आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

    कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत् आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य रहेको हुन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend