images

२०८३ आश्विन १७ गते

images
images
images

‘सिप मेला २०८२’ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता

‘सिप मेला २०८२’ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ का लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ ।सिप विकास अन्तर्गत काठमाडौं महानगरले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत व्यावहारिक र रोजगारमुखी सिपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागिको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ ।काठमाडौं महानगरद्वारा २१ जेठमा टुँडिखेलमा सम्झौतापत्र हस्ताक्षर कार्यक्रममाझ महानगर र एनसेलबीच सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।

    images
    images

    काठमाडौं महानगरका तर्फबाट सिप मेला २०८२ कार्यान्वयन समिति संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलका तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।‘एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं। सिप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवालाई व्यावहारिक सिप प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर खड्काले भनिन् ।

    ७ जेठदेखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २ हजार ४ सय २४ जनालाई सिप तालिम प्रदान गरिरहेको छ । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृत्रिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विग (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसा छन् ।काठमाडौं महानगरद्वारा २१ जेठमा टुँडिखेलमा सम्झौतापत्र हस्ताक्षर कार्यक्रममाझ महानगर र एनसेलबीच सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।विशेष क्षमता सहयोगी तालिम (स्पेसल एबिलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ र केयर सर्भिस गरी २ वटा पेसाका तालिम चलिरहेका छन् । हाउस किपिङ बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिज्म भएका बालबालिकाको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजिरेटर, सीसीटीभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी ४ वटा पेसाका तालिम सञ्चालित छन् ।

    images
    images

    त्यस्तै गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी २ वटा पेसाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी ५ पेसाका तालिम छन् । हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी ४ पेसाका तालिम छन् । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेसाका तालिम सञ्चालित छन् । आर्ट एन्ड स्कल्प्चरमा थांका, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेसाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन् ।कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै स्टक मार्केट सम्बन्धी तालिम चलिरहेको छ । एनसेल फाउन्डेसन र काठमाडौं महानगरपालिकाबीचको यो सहकार्यले युवाका लागि समावेशी अवसर सिर्जना गर्ने तथा रोजगारीयोग्य सिप विकासमार्फत दिगो विकासमा योगदान दिने फाउन्डेसनको प्रतिबद्धता प्रतिविम्बित गर्दछ ।

    एनसेल फाउन्डेसनले समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको जनाएको छ । समुदायमा अर्थपूर्ण परियोजना मार्फत दिगो प्रभाव पार्ने मूलमन्त्रमा आधारित फाउन्डेसन एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलमात्र नभई देशभरिका समुदायलाई सशक्त र समावेशी बनाउनका लागि योगदान गर्न प्रतिबद्ध रहेको छ ।काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रदेखि पहाड र तराईका दुरदराजका गाउँसम्म फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने र समावेशीता प्रवर्द्धन गर्नेजस्ता कार्यमार्फत विकास र परिर्वतनका लागि काम गर्दै आएको छ ।हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend