images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया...

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाईस्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकार पक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आयआर्जन वृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको संस्थाले जनाएको छ । 

    images
    images

    कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरूलाई धेरै संस्थामा कारोबार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्ध तथा उद्यमी बन्न सुझाव दिए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपककुमार पोखरेलले सदस्यहरूको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखी संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कानुन बमोजिम सबैलाई उद्यम बनी आयआर्जन वृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए । 

    वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूले आफूलाई उद्यमी बन्न सिकाएकोमा स्वावलम्बनलाई धन्यवाद दिएका छन् । स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रुपमा लिएको र अझ बढी सहज रुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए । शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्य कसर सल्लाह समेत दिँदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताए ।

    images
    images

    कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एस.इ.इ.मा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा/छोरीलाई छात्र वृद्धि बापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend