images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • लगानी सम्मेलनको तयारी गर्दै सुदूरपश्चिम प्रदेश...

लगानी सम्मेलनको तयारी गर्दै सुदूरपश्चिम प्रदेश सरकार

लगानी सम्मेलनको तयारी गर्दै सुदूरपश्चिम प्रदेश सरकार

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • सुदूरपश्चिम प्रदेशमा लगानी र विकासका प्रचुर सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन्। बुधबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा भारतको राजधानी नयाँ दिल्ली लगायत आधा दर्जन बढी सहर ५, ६ घण्टाको दूरीमा रहेकाले पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा लगानी र विकासको प्रचुर संभावना रहेकोबारे सहभागीहरू एकमत देखिएका छन्।सुदूरपश्चिममा पर्यटन, कृषि, हाइड्रोपावर ,जडीबुटी क्षेत्रमा धेरै संभावना रहेकाले लगानी बढे विकासले गति लिने कुरामा विज्ञ र अन्य सहभागीहरूको धारणा थियो।

    images
    images

    सुदूरपश्चिम प्रदेशमा अथाह सम्भावना रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न सकिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन्। ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि अथाह सम्भावना भएको क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरिन्।सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘सुदूरपश्चिम आफैंमा सुन्दर छ, यस क्षेत्रका जनता पनि इमान्दार र विकास प्रेमी छन्। लगानीको प्रतिफल सहजै पाउन सकिन्छ। तसर्थ लगानीकर्तालाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु।’

    विकाससँगै शान्ति अनिवार्य हुने भएकाले शान्तिका लागि राजनीतिक प्रतिवद्धता जरुरी रहेको बताउँदै उनले भनिन्, ‘देशमा शान्ति विनाको विकास कल्पना गर्न सकिँदैन, तसर्थ नेपालमा फरक वैचारिक धारका राजनीतिकदलहरू शान्ति र राजनीतिक स्थिरताका लागि एकै ठाउँमा उभिएका छौं।’पछिल्लो समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारका कारण देशमा शान्ति र राजनीतिक स्थिरता कायम भएको र जसका कारण लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको उनले बताइन्।परराष्ट्रमन्त्री राणाले पछिल्लो समयमा पहाडी जिल्लाहरूमा विकासले गति लिए पनि बढ्दो बसाइसराइका कारण बस्तीहरू खाली हुन थालेको प्रति चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘पहाडी जिल्लामा एकीकृत बस्ती विकासको खाँचो छ, जसका कारण पहाडलाई सुन्दर र व्यवस्थित बनाउन सकिन्छ।’

    images
    images

    कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा धेरै सम्भावना रहेको चर्चा गर्दै कुरा मात्रै नगरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। ‘सुदूरपश्चिममा सम्भावना छ तर पर्याप्त लगानी गर्न नसक्दा कति युवाहरू बेरोजगार बस्नु परेको छ,’ उनले भने, ‘तसर्थ यस क्षेत्रमा उद्योगमा लगानीको खाँचो देखिन्छ।’सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमबारे प्रकाश पार्र्दै लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमको विकासका लागि कोसे ढुंगो सावित हुने बताए। स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिममा भित्र्याउन सम्मेलन आयोजना गरिएको बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

    तयारी सम्मेलनमा नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम विकासका सम्भावनाले भरिएको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरू, कूटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरू, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा लगानी सम्मेलनको आयोजना गर्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend