images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई...

मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई नाइमाको सुझाव

मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई नाइमाको सुझाव

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी मौद्रिक नीति तयारी सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई अटोमोबाइल क्षेत्रसँग सम्बन्धित रणनीतिक सुझावहरू पेस गरेको छ । नाइमाले राष्ट्र बैंकको गभर्नरमा हालै नियुक्त भएका गोविन्द नेपाललाई बधाई दिदै देशको मोबिलिटी क्षेत्रको हितमा ठोस नीति समावेश गर्न आग्रह गरेको हो ।

    images
    images

    नाइमाले सवारीसाधन कर्जासम्बन्धी कर्जा अनुपातलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पुनरावलोकन गर्न आग्रह गरेको छ । नाइमाका अनुसार, विद्युतीय तथा इन्जिन दुवै प्रकारका सवारीसाधनका लागि ८०ः२० को कर्जा अनुपात व्यवस्था लागू गरिएमा उपभोक्ताको पहुँच बढ्ने, अटो बजार विस्तार हुने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।त्यस्तै, चिनियाँ सवारीसाधन आयातका क्रममा युआनमा एलसी खोल्न हालको सीमित प्रणाली पुनः परीक्षण गर्न नाइमाले आग्रह गरेको छ । हालको व्यवस्थाअनुसार, लाभग्राही कम्पनी चीनमा नभएमा युआनमा एलसी खोल्न नपाइने प्रावधान छ, जुन त्रिपक्षीय व्यावसायिक मोडलअनुसार अव्यावहारिक रहेको नाइमाको बुझाइ छ ।

    यस्तो अवस्थामा, उत्पादन चीनमै भएर ढुवानी पनि चीनबाट हुने भएमा लाभग्राही जुनसुकै देशको भए पनि युआनमा एलसी खोल्न अनुमति दिनुपर्ने नाइमाको माग छ ।नाइमाले सवारीसाधन कर्जामा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत गर्नुपर्ने सुझाव पनि दिएको छ । सवारी कर्जा सुरक्षित मानिने, पुनर्बिक्री योग्य हुने र डिफल्ट दर न्यून भएको कारणले गर्दा यस्तो नीति परिवर्तनले वित्तीय क्षेत्रमा झनै स्थायित्व ल्याउने विश्वास व्यक्त गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend