images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • महिनैपिच्छे घट्दै बैंकहरुको आधार दर, कुन...

महिनैपिच्छे घट्दै बैंकहरुको आधार दर, कुन बैंककाे कर्जा सस्तो ?

महिनैपिच्छे घट्दै बैंकहरुको आधार दर, कुन बैंककाे कर्जा सस्तो ?

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • नेपालका बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घटिरहेको छ।२० वटै वाणिज्य बैंकको बेस रेटमा गिरावट आउँदा कर्जाको ब्याजदर पनि क्रमशः घट्दो क्रममा देखिएको छ। पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर २.३१ प्रतिशत विन्दुले घटेको छ। यस्तै, बैंशाख महिनाको तुलनामा जेठमा मात्रै ०.१० प्रतिशत विन्दुले औसत बेस रेट घटेको देखिन्छ।

    images
    images

    बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएको, कर्जाको माग अपेक्षाअनुसार नबढेको र निक्षेपमा लगातार वृद्धि भइरहेकाले यस्तो अवस्था देखिएको हो। बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त मात्रामा रहेको छ, तर कर्जाको माग सुस्त हुँदा ठूलो परिमाणको रकम निष्क्रिय बसेको छ।हाल बैंकहरूमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। रेमिट्यान्स र निक्षेपमा निरन्तर वृद्धि भइरहे पनि कर्जाको प्रवाह सुस्त छ। साथै, पुराना कर्जाको असुलीमा समस्या देखिएकाले बैंकहरूको खराब कर्जा अनुपातसमेत (NPL) बढिरहेको छ।

    यद्यपि, सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले व्यवसायीहरूमा केही सकारात्मक संकेत दिएको छ। यसले कर्जाको माग विस्तारमा केही सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

    images
    images

    कुन बैंकबाट ऋण लिँदा सस्तो ?

    जेठ महिनाको आधार दरअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो ब्याजदर पर्छ। दुबै बैंकको आधार दर ४.९७ प्रतिशत रहेको छ।अन्य बैंकहरूमा एभरेष्ट बैंकको बेस रेट ५.३८ प्रतिशत, नेपाल एसबिआई बैंकको ५.८२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.९१ प्रतिशत र नबिल बैंकको ५.९३ प्रतिशत छ। यस्तै, ग्लोबल आइएमई बैंकको ६.१६ प्रतिशत, कृषि विकास बैंकको ६.२२ प्रतिशत, सानिमा बैंकको ६.३७ प्रतिशत, माछापुच्छ्रे बैंकको ६.४१ प्रतिशत र एनएमबि बैंकको ६.४३ प्रतिशत छ।

    बेस रेट भनेको बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा प्रयोग गर्ने आधारभूत सूचक हो। यसमा कर्जाको प्रकारअनुसार १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिइन्छ। जब बेस रेट बढ्छ, कर्जाको ब्याजदर पनि बढ्ने हुँदा ऋण लिने खर्च महँगो हुन्छ, र घट्दा त्यसको उल्टो असर पर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend