images

२०८३ आश्विन २० गते

images
images
images

९ महिनामा पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले गर्‍यो १ अर्ब बढीको व्यापार

९ महिनामा पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले गर्‍यो १ अर्ब बढीको व्यापार

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँ बढीको व्यापार भइसकेको जनाएको हो ।कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । तर, चालु आर्थिक वर्षमा कम्पनीको व्यापारमा उछाल आएको छ ।

    images
    images

    कम्पनीले विशेषगरी धान आयात गरेर प्रशोधन गर्दै नेपाली बजारमा विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले माइजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्यजस्ता ब्रान्डमा प्रशोधित चामल बिक्री गर्दै आएको छ ।सन् २०२१ बाट नन स्टिम प्लान्ट मात्रै सञ्चालनमा ल्याई व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ बाट अर्को प्लान्ट सुरु गरेको थियो । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा एक अर्बभन्दा बढी चामलबाट मात्रै गरेको उल्लेख गरेको छ । बाँकी आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीसँग प्रतिघण्टा ८ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता छ । आशुतोस पाण्डे प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८१ करोड ३९ लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend