images

२०८३ आश्विन १८ गते

images
images
images

खानेपानी संस्थानसहित यी हुन् सबैभन्दा बढी नेक्सानी भएका पाँच कम्पनी

खानेपानी संस्थानसहित यी हुन् सबैभन्दा बढी नेक्सानी भएका पाँच कम्पनी

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर घाटा बढ्दै गएको वार्षिक समीक्षामा उल्लेख छ । 

    images
    images

    'यसैगरी, खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल निरन्तर खुद नोक्सानमा छन् । उक्त अवधिमा खानेपानी संस्थान एक अर्ब ११ करोड १४ लाख, हेटौँडा सिमेन्ट उद्योग एक अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामाग्री एक अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण नेपाल दुई अर्ब ४७ करोड चार लाख रुपैयाँ सञ्चित नोक्सानीमा छन् । यी संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणहरूमा क्रमशः उच्च महसुल बक्यौता एवं कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित मिडिया परिवेशमा प्रतिस्पर्धात्मकता गुमाउनु रहेका पनि उल्लेख छ । 

    कमजोर बजारीकरण, मागभन्दा बढी उत्पादन र समग्र व्यवस्थापकीय कमजोरीका कारण दुग्ध विकास संस्थान वित्तीय रूपमा समस्याग्रस्त छ । ऋणको साँवा ब्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएकोले वित्तीय जोखिम बढाएको छ ।

    images
    images

    500363240_1787520575531699_986877744200105252_n-1748509400.jpg
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend