images

२०८३ आश्विन १९ गते

images
images
images

काठमाडौं महानगरले सुक्खा फोहोरमा लगायो ६ करोडको आय ठेक्का

काठमाडौं महानगरले सुक्खा फोहोरमा लगायो ६ करोडको आय ठेक्का

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३ सय ७१ रुपैयाँमा आय ठेक्का लगाएको छ ।महानगरलाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो । ती स्थानमध्ये क्षेत्र नम्बर ७ को मेटरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए ।अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । इन्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम करबाहेक हो ।

    images
    images

    क्षेत्र नम्बर ७ बाट वैशाख २०८२ मा १ लाख १ हजार ३ सय ५५ किलो सुक्खा फोहोर संकलन भएको थियो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् ।सुक्खा फोहर मेटरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । वैशाखको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन ३ हजार ८ सय २७ किलो र सबैभन्दा कम भएका दिन २ हजार ५ सय ३४ किलो फोहोर जम्मा भएको देखिन्छ । यस क्षेत्रबाट दैनिक साढे ४३ टन सुक्खा फोहोर संकलन हुने अनुमान छ ।२०८१ चैत ११ देखि फोहोर संकलन थालिएको थियो । त्यस दिन १ हजार ३ सय ७७ किलो फोहोर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी ४ हजार ५ सय किलो संकलन भएको थियो ।

    उक्त महिना ६० हजार ६ सय ६० किलो फोहोर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।घरेलु फोहोर व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकेक वटा फोहोरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो ।यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रूपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ टन फोहोर संकलन हुने अनुमान छ ।

    images
    images

    क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ रुपैयाँमा ठेक्का कबोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।त्यस्तै क्षेत्र नम्बर ३ मा क्रिएटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८ सय ९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ टन फोहोरजम्मा हुने अनुमान छ ।क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४ सय ४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ टन फोहोर जम्मा हुने अनुमान छ ।

    त्यसैगरी वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ तोकिएको छ । करिब ४९ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कबोल गरेको छ ।वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९ सय १७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend