images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • कान्तिपुर फर्मास्युटिकल्स आईपीओ निष्कासन प्रक्रिया अघि...

कान्तिपुर फर्मास्युटिकल्स आईपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै

कान्तिपुर फर्मास्युटिकल्स आईपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं— साधारण सेयर (आईपीओ) बिक्री प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर प्रत्याभूति (अन्डरराइटिङ) को जिम्मा एलिट क्यापिटल लिमिटेडले लिएको छ। यसका लागि एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच सम्झौता सम्पन्न भएको हो । 

    images
    images

    कम्पनीको कुल १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूतिका लागि मंगलबार भएको सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन्।कान्तिपुर फर्मास्युटिकल्सले सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ। 

    चुक्तापूँजी ६३ करोड रुपैयाँ रहेको कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १७ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। सन् २०१८ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याबले भेटेरिनरी औषधि अनुसन्धान, उत्पादन र वितरण गर्दै आएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend