images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • असार ६ गते लिबर्टी माइक्रो लाइफले...

असार ६ गते लिबर्टी माइक्रो लाइफले बोलायो दोस्रो वार्षिक साधारणसभा

असार ६ गते लिबर्टी माइक्रो लाइफले बोलायो दोस्रो वार्षिक साधारणसभा

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कम्पनीको दोस्रो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले आगामी असार ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ।

    यसै सभाले चालु आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।कम्पनीका अनुसार सभा भाग लिन सेयरधनीले आफ्ना परिचय खुल्ने आधिकारिक परिचयपत्र वा सेयरधनी प्रमाणपत्र लिई जानुपर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend