images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ५ अंकको गिरावट, ७...

सेयर बजारमा ५ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार

सेयर बजारमा ५ अंकको गिरावट, ७ अर्ब ५८ करोडको कारोबार

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • आज नेप्से ५.२१ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ। ३३७ सूचीकृत कम्पनीको १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५८ करोडको सेयर कारोबार भएको छ। चारउपसूचक बाहेक सबैमा गिरावट आएको छ।बैंकिङ, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ बोहक सबै उपसूचक राताम्मे भएको छ। ट्रेडिङको उपसूचकमा भने आज उछाल आएको छ। राष्ट्र बैंकले गरेको जोखिम भारको निर्णय पछि पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको छ ।  

    images
    images

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.१९ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंक डिबेञ्चरका इकाईधनीले ४.९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लग्नाीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।सोमबार बजार खुलेसँगै नेप्सेमा सुरुआती चरणमा आकर्षक वृद्धि देखिएको थियो। तर, दिनभरजसो बिक्रेताको चाप बढ्दै गएपछि बजार फेरि ओरालो लाग्न थाल्यो। यसले बजार अझै पूर्ण विश्वस्त नभएको संकेत गरेको छ।

    images
    images

    लामो समयदेखि लगानीकर्ताले उठाउँदै आएको एक मुख्य मागलाई नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सम्बोधन गरेको छ। समीक्षाअनुसार अब सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत मात्र रहनेछ। यसअघि  १२५ प्रतिशत जोखिम भार लागु हुँदै आएको थियो।सेयर बजारका लागि सकारात्मक मानिएको यो निर्णयपछि पनि सोमबार बजारमा उल्लेखनीय वृद्धि नदेखिएको विषयमा लगानीकर्ताबीच चासो र छलफल देखिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend