images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • महिन्द्राको नयाँ बोलेरो पिकअप नेपालमा, श्रेणीमै...

महिन्द्राको नयाँ बोलेरो पिकअप नेपालमा, श्रेणीमै उत्कृष्ट १.७ टन क्षमता

महिन्द्राको नयाँ बोलेरो पिकअप नेपालमा, श्रेणीमै उत्कृष्ट १.७ टन क्षमता

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक, अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ ।काठमाडौं (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको हो ।

    images
    images

    ]नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धीको रूपमा रहेको यस समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि तथा ग्राहकवर्गको उत्साहजनक सहभागिता रह्यो । महिन्द्रा बोलेरो 1.7T ले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्वबजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ ।नयाँ 1.7T भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक-अप हो । महिन्द्रा बोलेरो पिक-अप 1.7Tले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

    ६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु-डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ ।साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् ।

    images
    images

    महिन्द्रा बोलेरो पिक-अप 1.7T, नेपाली ग्राहकहरूका लागि रू. २५,६५,००० (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७०% सम्म फाइनान्सिङ (सर्तहरू लागू), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ ।वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T एक्सचेन्ज गर्न सक्नेछन् । महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट-सेलिङ पिक-अप (नम्बर एक पिक- अप)को रूपमा स्थापित छ ।

    वर्षौँदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ 1.7T भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend