images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • विद्युत् प्राधिकरणद्वारा शीर्ष १० उपभोक्ताको सूची...

विद्युत् प्राधिकरणद्वारा शीर्ष १० उपभोक्ताको सूची सार्वजनिक

विद्युत् प्राधिकरणद्वारा शीर्ष १० उपभोक्ताको सूची सार्वजनिक

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत गर्ने तथा नियमित महसुल तिर्ने शीर्ष १० ग्राहकहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूची अनुसार स्टिल र सिमेन्ट उद्योगहरू विद्युत् खपतका प्रमुख ग्राहकका रूपमा देखिएका छन्।प्राधिकरणले सातवटै प्रदेशबाट १०/१० जना गरी ७० र देशभरिबाट सर्वाधिक १० गरी कुल ८० ग्राहकहरूको नामावली प्रकाशन गरेको हो। यो सूची प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

    images
    images

    देशभरबाट छनोट भएका शीर्ष १० प्रमुख उपभोक्तामा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी शिवम् सिमेन्ट, हुलास वायर इन्डस्ट्रिज, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि परेका छन्।प्राधिकरणका अनुसार, यी कम्पनीहरूले नियमित महसुल तिर्दै आएका छन् र विद्युत् आपूर्तिमा उच्च प्राथमिकता दिइनेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि विगतमा “अनुशासित ग्राहकलाई प्राथमिकता” दिने नीति दोहोर्‍याउँदै आएका छन्।

    विशेषगरी स्टिल र सिमेन्ट उद्योगहरू विद्युत्–निर्भर उत्पादन प्रणालीमा आधारित भएकाले उनीहरूको ऊर्जा खपत अत्यधिक हुने देखिएको हो। उद्योग व्यवसायीहरूका अनुसार, निर्यातमुखी उत्पादन, निर्माण क्षेत्रको बिस्तार, र अत्याधुनिक प्रविधिको प्रयोगले खपत बढेको हो।यो सूची प्रकाशनसँगै विद्युत् प्राधिकरणले उद्योगहरूलाई ऊर्जा प्रयोगमा अनुशासित बन्न र महसुल समयमै तिर्न प्रेरणा दिने संकेत दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend