images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै कार्यविभाजन...

राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै कार्यविभाजन गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट

राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै कार्यविभाजन गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट

images
images
शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यविभाजन गरेका हुन् ।

    images
    images

    तत्कालीन गभर्नर महाप्रसाद अधिकारी ५ वर्ष कार्यकाल पूरा गरी गत २४ चैतमा बिदा भएसँगै कायम वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी थिएन् । उनले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालेसँगै आफू माताहत रहेको सबैजसो विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई तोकेकी थिएन् ।

    गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएसँगै ढुंगाना अधिकांश पहिलेकै विभागको जिम्मेवारीमा फर्कीएकी छन् ।

    images
    images

    बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग डेपुटी गभर्नर नीलम अन्तरगत रहनेछन् । त्यस्तै प्रदेश कार्यालयहरु पनि उनै मातहात रहेनगरी जिम्मेवारी दिइएको छ ।

    अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैकिङ विभागको जिम्मेवारी तोकएिको छ ।

    गभर्नर मातहतमा गभर्नर कार्यालय, वित्तीय जानकारी इकाई र कानुन महाशाखा रहनेछ । यस्तै सञ्चालक समिति अन्तरगत लेखापरीक्षण समिति हुने र लखापरीक्षण समिति र गभर्नर अन्तरगत रहनेगरी आन्तरिक लेखापरीक्षण विभाग रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend