images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट...

ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाइ टिकट लिँदा ५०० रूपैयाँ क्यासब्याक

ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाइ टिकट लिँदा ५०० रूपैयाँ क्यासब्याक

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५०० रूपैयाँ क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ।बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्।

    images
    images

    देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० रूपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा 'ज्योति५००' प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ।    अभियान जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

    images
    images

    साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend