images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • गुल्मीमा उखुजन्य पदार्थ बिक्री गरेर वार्षिक...

गुल्मीमा उखुजन्य पदार्थ बिक्री गरेर वार्षिक एक करोडको कारोबार गर्दै युवा

गुल्मीमा उखुजन्य पदार्थ बिक्री गरेर वार्षिक एक करोडको कारोबार गर्दै युवा

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • गुल्मी – गुल्मी दिगामका किसानले उखुजन्य पदार्थ उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन । छत्रकोट गाउँपालिका –४ दिगामका युवा किसान रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डेले गाउँमै उखुको रसलाई विविधीकरण गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन ।तीन जना युवाहरु मिलेर गाउँमा एक करोड रुपैयाँको लगानीमा तीन वर्षदेखि व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन । उनीहरुले गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालिमार्फत तीन सय रोपनी जग्गा भाडामा लिएर उखु खेती गर्दै आइरहेका छन ।

    images
    images

    उद्योगमार्फत आधुनिक मेशिनबाट पेलिएको उखुको रसलाई प्रशोधन गरेर गुड र खुदोको ब्रान्डिङ गरिएको छ । कम्पनीमार्फत गाउँका एक सय २५ भन्दा बढी किसानको उखु खरिद गरेर त्यसबाट खुदो तथा गुड उत्पादन हुँदै आएको छ ।कृषि ज्ञान केन्द्र गुल्मीले उखु प्रशोधनका लागि कम्पनीलाई आधुनिक मेशिन र भट्टी निर्माणका लागि यसपटक ६ लाख ४५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।उद्योगमा १२ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने उखु प्रशोधन मेशिन जडान गरिएको छ । कम्पनीमा उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने काम भइरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ बिक्री हुँदै आएको छ ।

    कम्पनीमार्फत चार महिनाको अवधिमा ९० लाख बराबरको गुड र खुदो बिक्री भइसकेको छ । यसवर्ष एक करोड भन्दा बढीको बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यसवर्ष जिल्लामा पाँच करोड ७० लाख भन्दा बढीको गुडखुदो बिक्री भइसकेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend