images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले उकालो लाग्यो नेप्से,२० अर्ब...

सामान्य अंकले उकालो लाग्यो नेप्से,२० अर्ब बढीको कारोबार

सामान्य अंकले उकालो लाग्यो नेप्से,२० अर्ब बढीको कारोबार

images
images
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौँ। शेयर बजारको उकालो यात्रा कायमै रहेको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अंकले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ । 

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अंकले उकालो लागेर चार सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।

    नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । 

    images
    images

    नेप्सका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।

    यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शून्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend