images

२०८३ आश्विन १७ गते

images
images
images

झ्याप्प झ्याप्प बत्ती गएमा हटलाइनमा सम्पर्क

झ्याप्प झ्याप्प बत्ती गएमा हटलाइनमा सम्पर्क

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • मुलुकभर बिजुली अवरुद्ध हुने समस्या बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति अवरोध भएमा सम्पर्क गर्न आग्रह गरेको छ । प्राधिकरणले जारी गरेको सूचनामा प्रतिकूल प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाँही विद्युत आपूर्तिमा अवरोध आउनसक्ने जनाउँदै त्यस्तो समस्या भएमा तत्काल ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

    images
    images

    विद्युत आपूर्तिमा अवरोध आउनुमा प्राधिकरणले दुईटा कारण औंल्याएको छ । पहिलो प्रणालीगत अवरोध हुँदा ठूलो क्षेत्र वा सम्पूर्ण प्रणालीलाई प्रभावित पार्ने र दोस्रो स्थानीय अवरोधले सीमित क्षेत्र वा टोललाई मात्र असर पुर््याउने प्राधिकरणले जनाएको छ । 

    यद्यपि, यस्ता समस्यालाई निरन्तर अनुगमन गरी तुरुन्त समाधान गर्नेगरी काम गरिरहेको प्राधिकरणको भनाइ छ । विद्युत आपूर्तिमा स्थानीय समस्या हुँदा तुरुन्त थाहा हुन नसक्ने बताउँदै आफू बसेको स्थानमा त्यस्ता समस्या देखिएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । 

    images
    images

    ग्राहकले समयमै दिएको जानकारीले समस्या छिटो समाधान गर्न मद्दत पुग्ने र प्राप्त जनगुनासो समयमै सम्बोधन गरी विद्युत प्रणाली यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले प्राधिकरणका प्रत्येक प्रादेशिक कार्यालय तथा डिभिजन कार्यालयहरुमा स्थापना भएका कल सेन्टरहरु अपेक्षित कार्य सम्पादन भए–नभएको सम्बन्धमा जाँचबुझ गरी राय सिफारिससहितको प्रतिवेदन पेश गर्न अध्ययन समितिसमेत गठन गरिएको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend