प्रभु बैंकका ग्राहकहरूले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट, मौलाकालीस्थित इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकारमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन दुवै संस्थासँग सोमबार त्यस्तो खालको सम्झौता गरेको जानकारी गराएको छ ।
सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स एन्ड रिसोर्ट्समा फुड एन्ड वेभरेजमा १० प्रतिशत, आवास सेवामा १० प्रतिशत, केबुलकार टिकटमा २० प्रतिशत छुट र केबुलकार यात्रा निःशुल्क हुने बताइएको छ ।
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ । ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्त्वपूर्ण उपलब्धिभएको बताइएको छ ।




.gif)





