images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन...

नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका– ६ को तिलगाउँमा लेदोसहितको पहिरोको जोखिम रहेकाले बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।हिमताल फुटेर पहिरो आएकाले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले गम्भीर बनाएको उनको भनाइ छ ।

    images
    images

    उनले तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।दाहालले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई समेत निर्देशन दिएका छन् ।उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई संघीय राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend