images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आज भारत र पाकिस्तानबीच युद्धविरामबारे वार्ता...

आज भारत र पाकिस्तानबीच युद्धविरामबारे वार्ता नहुने

आज भारत र पाकिस्तानबीच युद्धविरामबारे वार्ता नहुने

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । भारत र पाकिस्तानबीच आज सैन्य वार्ता नहुने भएको छ । भारत र पाकिस्तानको सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीच वार्ता हुने जनाइएको थियो । तर भारतीय सेनाले गत मे १२ तारिखमा दुई देशबीच भएको वार्तामा सहमति भएको युद्धविरामको लागि कुनै अन्तिम मिति तय नभएको बताएको छ । 

    images
    images

    भारतीय सेनाले यो सम्झौता अगाडि पनि जारी रहने बताएको छ । यसैबीच डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले अपरेशन सिन्दूर शुरु भएपछि पाकिस्तानी आतंकवादीहरुको अखाडामा आक्रमण गर्ने चेतावनी पाकिस्तानलाई दिइएपछिमात्र आक्रमण गरेको बताएका छन् । कांग्रेस नेता राहुल गान्धीले विदेशमन्त्री डा एस जयशंकरमाथि आक्रमण गर्नुअघि नै पाकिस्तानमाथि आक्रमण गर्दैछौँ भनेर भन्नु अपराध भएको बताएका थिए ।

    सो आरोपमा घईले भने, ‘अपरेशन शुरू भएपछि हामीले पाकिस्तानलाई आतंकवादी अड्डाहरूमा आक्रमण गर्ने चेतावनी दिएका थियौँ । पाकिस्तानले वार्ता गर्न अस्वीकार गर्‍यो र बदलाको धम्की दियो ।’विदेश मन्त्रालयले पनि राहुलको आरोपमा स्पष्टीकरण दिँदै भनेको छ, ‘विदेशमन्त्री एस जयशंकरको भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको छ। उहाँले अपरेशन भएपछिको बारेमा कुरा गर्नुभएको हो पहिले होइन ।’लोकसभामा गान्धीले शनिबार अपरेशन सिन्दूरबारे भनेका थिए, ‘हाम्रो आक्रमणको शुरुआतमा पाकिस्तानलाई जानकारी दिनु अपराध हो ।’ 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend