images

२०८३ आश्विन २७ गते

images
images
images

बुधबार नेप्से उच्च अंकले बढ्यो

बुधबार नेप्से उच्च अंकले बढ्यो

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ। हिजो मंगलबार उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज भने बढेको छ। आज नेप्से १०८।३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ। यो वृद्धि ४.०८ प्रतिशत हो।

    images
    images

    आज दिनभर ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँमा किनबेच भएको छ। नेप्सेमा सूचीकृत २४२ वटा कम्पनीमध्ये २३९ वटाको सेयर मूल्य बढेको छ भने तीन वटाको मात्र घटेको छ।

    आज ९ वटा कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भयो।

    images
    images

    केही समययता उच्च अंकले बढिरहेको सेयर बजार हिजो भने १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको थियो।

    नेप्से घटे पनि कारोबार रकम भने बढेको थियो। हिजो बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend