images

२०८३ आश्विन २० गते

images
images
images

एसइई मौका परीक्षा : ३२ हजार विद्यार्थी कहाँ हराए ?

एसइई मौका परीक्षा : ३२ हजार विद्यार्थी कहाँ हराए ?

images
images
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ ।आजदेखि माध्यमिक शिक्षा परीक्षा एसइईको मौका परीक्षा शुरु भएको छ। आज पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा भयो। 

    images
    images

    तर फाराम भरेका ३२ हजार विद्यार्थीहरू भने परीक्षामा सहभागी भएनन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै परीक्षामा सहभागी भए। नियमित परीक्षाको नतिजामा एनजी अर्थात् फेल भएका र त्यतिखेर अनुपस्थित विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। 

    य​सअघि अधिकतम दुई विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाको व्यवस्था गरिएको हो।

    images
    images

    परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले विद्यार्थीहरू फेरी एक वर्ष पूरै अध्ययन गरेर राम्रो जीपीए ल्याउने भनेर मौका परीक्षा नदिएको वा एक महिना पढेर पास नहुने ठानेर निरास भई परीक्षा फारम नभरेको हुनसक्ने अनुमान गरेको छ। २०८० चैत १५ मा शुरु भएको एसइई परीक्षामा पनि परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका थिए। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend