images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • रचना रिमालको आँखाको ट्याटु उनकै प्रेमीले...

रचना रिमालको आँखाको ट्याटु उनकै प्रेमीले खोपेको अनुमान..

रचना रिमालको आँखाको ट्याटु उनकै प्रेमीले खोपेको अनुमान..

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । गायिका रचना रिमालले एक व्यक्तिले आफ्नो शरीरमा आफ्नो आँखाको ट्याटु बनाएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले उक्त ट्याटुको तस्बिर सेयर गरेकी हुन् ।उक्त ट्याटुको तस्बिर सेयर गर्दै रिमालले आफू निकै भावुक भएको बताएकी छिन् । जसलाई आफूले शब्दमा बयान गर्न नसक्ने उनको भनाई छ ।

    images
    images

    “मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो, यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन”, सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो ।”

    उनले आफ्नो आँखाको ट्याटु खोप्ने व्यक्ति को हो भन्ने कुरा चाहिँ खोलेकी छैनन् । यद्यपि, उनको अति प्रिय प्रशंसक रहेकोमा भने दुबिधा छैन ।कतिपयले सामाजिक सञ्जालमा उक्त ट्याटु उनकै प्रेमीले खोपेको अनुमान गरेका छन् । रिमालले पनि स्ट्याटसमा गहिरो सम्बन्धको अनुभूति भएको बताएकी छिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend