images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • २८ दिनमा सकियो शोभितको फिल्म ‘पीआर’को...

२८ दिनमा सकियो शोभितको फिल्म ‘पीआर’को छायांकन

२८ दिनमा सकियो शोभितको फिल्म ‘पीआर’को छायांकन

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं ।  निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकन सकिएको छ। निर्माण टिमले २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन गरिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा  कास्कीको धम्पुसबाट छायांकन थालेका थिए। 

    images
    images

    सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस सिनेमाले विदेशमा रहेका नेपालीहरुको पिआरको लागि गरेको संघर्ष र नेपालबाट अभिभावकहरुको आसा र भरोसा आफ्नो सन्तानमाथी राख्छन्। तर विदेशमा आफ्नो सन्तानलाई कति कष्ट छ भन्ने कथालाई भन्नेछ।

    रन्जित शाह आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतीमा निर्माण भएको यस सिनेमामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

    images
    images

    यस सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल,इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहले यस सिनेमा लगानी गरेका छन्। सिनेमामा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ।

    त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend