images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • झापामा थपिए सात सय ७६ घरेलु...

झापामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग

झापामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँ।  भद्रपुर (झापा),जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् ।

    images
    images

    सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । उहाँले बताउनुभयो । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

    घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा रु दुई  करोड २१ लाख ८८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend