images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन...

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावट सम्बन्धी कसुरमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावट सम्बन्धी कसुरमा मुद्दा दायर

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँः राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावट सम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायी माथि मुद्दा दायर गरेको छ । 

    images
    images

    विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँ विरुद्ध राजस्व चुहावट सम्बन्धी कसुरमा आज मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

    कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका–१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा रु २१ लाख  ३८ हजार नेपाल सम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ । उनीहरु विरुद्ध विदेशी मुद्रा अपचलन सम्बन्धी कसुरमा अनुसन्धान  गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।   
                                                                                               
    प्रतिवादीहरुका साथबाट बरामद रु ३४ लाख २४ हजार सात बिगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदै सम्मको जरिवाना र बरामद भएको प्रतिबन्धित भारतीय रुपैयाँ जफतको माग गरिएको छ । 

    images
    images

    साथै उक्त रकम ओसारपसारमा प्रयोग गरिएको युपि ५५ एएम ०४५९ नम्बरको भारतीय गाडी समेत नियन्त्रणमा लिइएकाले जफत गरी हदै सम्मको कारबाहीको माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

    यस्तै बुटवल उपमहानगरपालिका–७ स्थित भाञ्जा स्टोर्स एण्ड हाउसका सञ्चालक अलि मियाँ विरुद्ध आजै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २०९६० बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ । 

    अलि मियाँ विरुद्ध मूल्य अभिवृद्धि कर असुल नगरेको, बिक्रीबिजक जारी नगरी बिक्री गरेको तथा  कस्मेटिक्स जन्य मालवस्तुहरुको खरिद बिलबिजक तथा भन्सार पैठारीको स्रोतबिना चोरीपैठारी गरी ल्याइ बिक्रीवितरण गरेको कसुरमा मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो । 

    अलि मियाँ विरुद्ध बिगो सहित रु तीन करोड ११ लाख ३२ हजार असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend