images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सिंहको आरोप – शेयरको मूल्य...

सिंहको आरोप – शेयरको मूल्य कृत्रिम रुपमा बढाइयो

सिंहको आरोप – शेयरको मूल्य कृत्रिम रुपमा बढाइयो

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । सांसद डा अमरेशकुमार सिंहले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images

    संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै उनले आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारसँग एउटा समिति गठन गर्न माग गरेका छन् । 

    उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ।    

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend