images

२०८३ आश्विन २७ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नरका प्रत्याशी नेपाल राष्ट्र बैंकका कार्यकारी...

गभर्नरका प्रत्याशी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा रोकेकोमा संघको विरोध

गभर्नरका प्रत्याशी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा रोकेकोमा संघको विरोध

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको नेपाल राष्ट्र बैंककै नेपाल वित्तीय कर्मचारी संघले विज्ञप्ति सार्वजनिक गरेको छ । गभर्नरका प्रत्याशी रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा रोकेको प्रति संघले विरोध जनाएको उल्लेख छ ।

    images
    images

    कायममुकायम गभर्नर डा.नीलम ढुंगाना प्रति आक्रोश पोख्दै संघले विज्ञप्ति जारी गरेर राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगाना सँग माग गरेको छ। कर्मचारी संघले एक महिना बैंक गभर्नर विहीन भएको अवस्थामा पनि प्रत्याशीको राजीनामा स्वीकृत नगरी नियुक्ति प्रक्रियालाई लम्ब्याउनु गलत भएको दाबी गरेको छ ।

    ‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमता माथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ। कामु डा.ढुंगानाको क्षमतामा प्रश्न उठाउँदै कर्मचारी संघले नेपालको श्रम ऐन धारा २९ , श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend