images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आजको मौसमः थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्ग् हावाहुरी...

आजको मौसमः थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्ग् हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसमः थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्ग् हावाहुरी सहित वर्षाको सम्भावना

images
images
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • २०८२ वैशाख २३ गते (मंगलबार)

    images
    images

    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
     
    आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग् हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।  यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend