images

२०८३ आश्विन २७ गते

images
images
images

अधिक तरलता भएपछि आज पनि ५० अर्ब खिच्दै केन्द्रीय बैंक

अधिक तरलता भएपछि आज पनि ५० अर्ब खिच्दै केन्द्रीय बैंक

images
images
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह अपेक्षा अनुसार हुन सकेको छैन । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक वित्तीय प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । गत वैशाख १७ गते मात्रै ५० अर्ब खिचेको केन्द्रिय बैंकले आज फेरि थप ५० अर्ब खिच्ने भएको हो । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत चैत ३१ गते राखेको ३० अर्ब परिपक्क भएपछि थप रकम खिच्न लागेको हो ।राष्ट्र बैंकले गत वैशाख १७ गते बुधबार मात्रै ५० अर्ब रुपैयाँ तानेको थियो । राष्ट्र बैंकले ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा २६ वटा बैंक तथा वित्तीय संस्थाबाट ४४ वटा आवेदन मार्फत १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ राष्ट्र बैंकमा राख्न चाहेको थिए । तर, राष्ट्र बैंकले मागेजति ५० अर्ब रुपैयाँ मात्र लिएको छ । केन्द्रिय बैंकले २१ दिनको लागि सो रकम खिचेको हो । जसको औसत ब्याजदर २.९७ प्रतिशत कायम भएको थियो ।  

    यो रकमसहित बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा निक्षेप संकलन उपरकरण मार्फत जम्मा गरेको रकम १ खर्ब ३६ अर्ब ७० करोड परिपक्क हुँन बाँकी देखिन्छ । चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ६९ पटकमा २३ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ खिचेको छ । निक्षेप संकलन उपकरणमा रकम जम्मा गर्नका लािग इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति जेठ ११ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    images
    images

    गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ । व्यवसायीहरुमा कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले गर्दा कर्जा विस्तार हुन नसकेको बताइएको छ । अहिले बैंकहरूमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ । अधिक तरलताका कारण बैंकहरुले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशत पुगेको छ । ३ प्रतिशतभन्दा तल झर्न नदिनका लागि राष्ट्र बैंकले विभिन्न बैंकहरुबाट रकम तानेको तानै गर्नुपरेको छ ।

    पछिल्लो दुई वर्षमा देखिएको आर्थिक शिथिलताले कर्जाको माग नबढेपछि बैंकहरुले पनि निरन्तर ब्याजदर घटाउँदै गएका छन् । बढ्दो रेमिट्यान्सलगायतका कारण बैंकहरूमा तरलता थुप्रिएको छ । बैंकहरू आफैंले कर्जा बढाउने अवस्था नरहेको तथा सरकारबाट ठोस योजना नआउँदा वित्तीय प्रणालीमा तरलताको समस्या यथावत रहेको बैंकहरुको गुनासो छ । सिडी रेसियोको आधारमा कर्जा प्रवाहका लागि सबै वाणिज्य बैंकहरु सहज अवस्थामा रहेपनि केही बैंकहरुको पुँजी प्रयप्तता कम हुँदा कर्जा प्रवाहमा असहजता रहेको उनीहरुको भनाई छ । अधिक तरलता बढ्दै गएपछि समग्र अर्थतन्त्रमा जोखिम बढ्न थालेको विश्लेषण समेत हुन थालेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब ३८ अर्ब रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब १२ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छन् । तर, त्यो अनुपात अहिले ७९.३९ प्रतिशतमा रहेको छ । यसलाई हेर्दा बैंकहरुसँग अझै ६ खर्ब ४२ अर्ब भन्दा माथि रकम लगानी गर्न सक्ने अवस्थामा छन् ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend