images

२०८३ आश्विन २७ गते

images
images
images

राष्ट्र बैंकको कारबाहीमा परे ५ वाणिज्य बैंक,कुनको गल्ती के ?

राष्ट्र बैंकको कारबाहीमा परे ५ वाणिज्य बैंक,कुनको गल्ती के ?

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गर्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना गरेको हो । बैंकले कृषि, उर्जा र लघु एवं साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि नगद जरिवानासहितको कारबाही गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। 

    images
    images

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेकोमा राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित ५ वाणिज्य बैंकलाई कारबाही गरेको हो ।यसरी कारबाही व्यहोर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्।

    नेपाल बैंक

    images
    images

    नेपाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्न÷गराउन नसकेको देखिएकोले नेपाल बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम राष्ट्र बैंकले सचेत गराएको छ। नेपाल बैंकको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रही नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६÷०८० को बुँदा नं.१ को उपबुँदा नं. ५ मा उल्लेखित व्यवस्था “सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन ।” भन्ने व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को (ग) बमोजिम नगद रु. ५ लाख जरिवाना गर्ने राष्ट्र बैंकले निर्णय गरेको छ।

    लक्ष्मी सनराइज बैंक

    लक्ष्मी सन्‌राईज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकको निर्देशन पालन नगरेको भन्दै नसिहत दिइएको छ । बैंकको संस्थापक सेयरधनी बैंकमा कल र चालु खाता सञ्चालन गर्दै आएकोमा चालु खातामा विभिन्न मितिमा ऋणात्मक मौज्दात रहने गरी अप्रत्यक्ष रुपमा ऋण सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।लक्ष्मी सनराइज बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ । यसैगरी मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बेलुनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको राष्ट्र बैंकको ठहर छ ।

    नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरेको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात यस्तो कर्जालाई आवधिक कर्जामा परिणत गर्नाले कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर नरहेको नपाइएकोले केन्द्रीय बैंकले कारबाही गरेको हो। यता  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (३) तथा राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. २।०८० को बुँदा नं. १८ को उपबुँदा (ग) र (घ) व्यवस्थाबमोजिम लक्ष्मी सनराइज बैंकले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर धितो राखी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक सेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको सम्बन्धमा ।

    कुमारी बैंक

    राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

    राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend