images

२०८३ आश्विन २७ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकले गल्ती गरेपछि पर्यो...

राष्ट्रिय वाणिज्य बैंकले गल्ती गरेपछि पर्यो राष्ट्र बैंकको कारबाहीमा

राष्ट्रिय वाणिज्य बैंकले गल्ती गरेपछि पर्यो राष्ट्र बैंकको कारबाहीमा

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ । एकै त्रैमासमा सिरिजमा ५ गम्भीर गल्ती गरेको भन्दै केन्द्रीय बैंकले पूर्ण सरकारी स्वामित्वको आरबीबीलाई कारबाही गरेको हो ।

    images
    images

    राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं.२/०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९(३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गरेको छैन भने सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।

    यसैगरी कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकको दाबी छ भने केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्कबमोजिम जोखिम भार गणना नगरेको र चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्था समेत पूर्ण पालना गरेको राष्ट्र बैंकले बताएको छ ।सिरिजमा गल्तीका गल्ती गरेपछि राष्ट्र बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend