images

२०८३ आश्विन २७ गते

images
images
images

सुन खरिदका लागि सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देशन

सुन खरिदका लागि सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देशन

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौंः राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले सुन खरिदका लागि वाणिज्य बैंकमा सिफारिस भएका व्यवसायीसँग शुल्क वा दस्तुर लिन नपाउने व्यवस्था गरेको जनाएको छ ।

    images
    images

    केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज सूचना जारी गर्दै वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्दा कुनै पनि शुल्क तथा दस्तुर लिन नपाउने बताएको छ ।

    अब नेपाल सुनचाँदी व्यवसायी महासंघ वा अन्य संघले सिफारिस गरेका व्यवसायीहरुसँग वाणिज्य बैंकले शुल्क लिन नपाउने भएका हुन्। सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को व्यवस्था बमोजिम राष्ट्र बैंकले सुन सिफारिस गरेका व्यवसायीसँग शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो।

    images
    images

    यसले अर्थतन्त्रमा देखिएको सुस्तता र पुँजीकोषमा चाप परेको कारण बैंकहरुले आफ्नो आम्दानी बढाउन नसकिरहेको समय राष्ट्र बैंकले थप आम्दानी घटाउने दिशामा अगाडि बढेको जानकारहरुको भनाई छ ।

    राष्ट्र बैंकको यस निर्णयबाट बैंकहरुको आम्दानी घट्ने भएको छ। बैंकहरुको आम्दानी संकुचित भइरहेको समयमा राष्ट्र बैंकले थप बोझ थपिदिएको पनि छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend