images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • नेपाल विद्युत प्राधिकरण करिब ५ अर्ब...

नेपाल विद्युत प्राधिकरण करिब ५ अर्ब घाटामा गएको तथ्याङ्कसहित श्वेतपत्र जारी गर्दैः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरण करिब ५ अर्ब घाटामा गएको तथ्याङ्कसहित श्वेतपत्र जारी गर्दैः हितेन्द्रदेव शाक्य

images
images
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँः कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दैछन् ।

    images
    images

    मन्त्रीको निर्देशनमा कुलमान घिसिङको पालामा प्राधिकरण घाटामा गएको देखाउनका लागि अनेक तिग्डम गरेर प्राधिकरणको वित्तीय विवरण निकाल्न लागिएको स्रोतले जानाकारी गराएको छ।

    स्रोतका अनुसार अहिले प्राधिकरण करिब ५ अर्ब घाटामा रहेको देखाउन लागिएको छ जसमा सञ्चित नाफालाई छाडेर रासकट्टी सहितको घाटा देखाउन लागिएको बताइएको छ ।

    images
    images

    रासकट्टी सहितको घाटा भनेको प्राधिकरणको स्वामित्वमा रहेका सामग्रीहरूको हरेक वर्ष हुने रासकट्टीको विवरण जोडेर बनाइएको घाटा हो।

    यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा ४६ अर्ब फाइदामा रहेको बताइएको विद्युत प्राधिकरण अब घाटामा देखाउन लागिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend