images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफले अभिकर्तालाई दियो प्रशिक्षण तथा...

सिटिजन लाइफले अभिकर्तालाई दियो प्रशिक्षण तथा उत्प्रेरणा तालिम

सिटिजन लाइफले अभिकर्तालाई दियो प्रशिक्षण तथा उत्प्रेरणा तालिम

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको अन्त्यसम्म क्लब लक्ष्य प्राप्त गर्न आफ्ना अभिकर्ताहरूलाई आज थापाथलीस्थित मुख्य कार्यालयमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा तालिम दिएको छ।तालीममा कम्पनीका चिफ मार्केटिङ अफिसर सुनिल पोखरेल र चिफ बिजनेश अफिसर भुषण रिमालले आफ्नो अनुभवद्वारा क्लब लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, बीमा बजारको वर्तमान अवस्था, पोलिसी बिक्री कौशल अभिवृद्धि र प्रभावकारी सेवाका उपायहरूबारे तालीम दिएका छन्।

    images
    images

    कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई नेतृत्व क्षमता विकास, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक तालीम तथा उत्प्रेरणा समेत दिइएको कम्पनीले जनाएको छ।

    यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूलाई थप प्रेरित, जिम्मेवार र परिणाममुखी बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। उक्त तालिममा सहभागी अभिकर्ताहरूले प्राप्त ज्ञान र सीपलाई प्रयोगमा ल्याई लक्ष्य पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend