images

२०८३ आश्विन १७ गते

images
images
images

अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक

अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।यी दुवै मोडेल कम्पनीका सबैभन्दा एडभान्स र रीजनिङमा केन्द्रित मोडेलहरू हुन्, जसमा भिजुअल रीजनिङ को क्षमता पनि छ । अर्थात्, अब यी मोडेलहरूले चित्रहरू हेरेर पनि जटिल प्रश्नहरूको सोचविचार गरेर सही जवाफ दिन सक्छन् ।यी नयाँ मोडेलहरू पुराना ओवन र ओथ्री–मिनी मोडेलहरूको अपग्रेड गरिएको संस्करण हुन्, र अहिलेका लागि यी सुविधा च्याटजीपीटी का पेड सब्सक्राइबरहरू – प्लस, प्रो, र टिम प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।

    images
    images

    के हो भिजुअल रीजनिङ?

    भिजुअल रीजनिङ भन्नाले अब एआई मोडेल ले केवल टेक्स्ट मात्र होइन, इमेज (तस्वीर) हेरेर त्यसमा लुकेको जानकारी पनि बुझ्न सक्छन् ।ओपनएआई को भनाइ अनुसार, ओथ्री र ओफोर–मिनी मोडेलहरू पहिलो पटक यति सक्षम भएका छन् कि अब च्याटजीपीटी भित्र भएका सबै टुल हरूको स्वतः प्रयोग गर्न सक्छन् — जस्तै 

    images
    images
    • वेब सर्च
    • पाइथन कोड रन गर्न
    • इमेज एनालिसिस
    • फाइल इन्टरप्रिटेशन
    • र इमेज जेनरेशन

    के गर्न सक्छन् यी नयाँ एआई मोडेलहरू?

    यी मोडेलहरूले अब त्यस्ता धेरै जटिल कामहरू गर्न सक्छन्, जस्तैः

    • उल्टो राखिएको नोटबुक पढ्न सक्ने
    • धमिलो वा टाढाबाट देखिएको बोर्ड को टेक्स्ट बुझ्ने
    • लामो सूचीमा भएको विशेष प्रश्नलाई चिन्ने
    • बस को फोटोबाट टाइमटेबल निकाल्ने
    • पजल हल गर्ने

    ओपनएआईले दाबी गरेको छ कि ओथ्री र ओफोर–मिनी मोडेलहरूले जिपिटी–फोरओ र पुराना ओवन मोडेलको तुलनामा एमएमएमयू, म्याथभिस्टा, चारएक्सआईभी जस्ता बेञ्चमाक्र्स मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।तर, कम्पनीले यो पनि स्वीकार गरेको छ कि कहिलेकाहीं यी मोडेलहरूले आवश्यकता नभएको बेलामा इमेज लाई धेरै एडिट गर्न सक्छन्, धेरै लामो सोचमा उल्झिन सक्छन्, र कहिलेकाहीं इमेज लाई गलत बुझेको आधारमा गलत जवाफ पनि दिन सक्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend