images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • पुरानो लाभांश लिन एभरेष्ट बैंकको शेयरधनीलाई...

पुरानो लाभांश लिन एभरेष्ट बैंकको शेयरधनीलाई आग्रह

पुरानो लाभांश लिन एभरेष्ट बैंकको शेयरधनीलाई आग्रह

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । 

    images
    images

    बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र÷डिम्याट खाताको विवरण, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।

    बैंकले आव २०५५र५६ देखि २०७५र७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी शेयरधनीको संख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ । जसमा आव २०७५र७६ मा सबैभन्दा बढी अर्थात ११ हजार ४४२ जना शेयरधनीले लाभांश रकम बुझिलिन बाँकी रहेको छ ।

    images
    images

    उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित शेयरधनीहरुको नामसहितको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend