images

२०८३ आश्विन १७ गते

images
images
images

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यावसायिक साझेदारीमा सम्झौता भएको छ।मंगलबार एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    images
    images

    गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र  कुँवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ।प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. बीच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन्।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend