images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • कक्षा १२ को नतिजा आज सार्वजनिक...

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी,कसरी हेर्ने ?

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी,कसरी हेर्ने ?

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले 'आजै नतिजा सार्वजनिक गर्ने' निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।  

    images
    images

    बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

    देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ । 

    images
    images

     नेपाल  टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो । 

    यसरी हेर्न सकिन्छ नतिजा  

    66ac6a9c24e1a.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend