images

२०८३ आश्विन १९ गते

images
images
images

एक करोडको अक्षयकोष स्थापना घोषणा

एक करोडको अक्षयकोष स्थापना घोषणा

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । “बागलुङ सेवा समाज कतारले बहुउद्देश्यीय अक्षयकोष” को प्रथम अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ । बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित कोषको अधिवेशन शुक्रबार मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।

    images
    images

    अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्षटायल गायिका सिम्रन परियार कतार आउन लागेको अधिवेशन संयोजक रमेश भट्टले जानकारी दिए । आयोजकका आनुसार उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिको रूपमा कतार आउन लागेका छन् । 

    अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र  यसलाई एक करोड पुर्‍याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए । गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मी (राजु) ले उक्त कोषका लागि दश लाख र अर्का अभियन्ता राजेन्द्र कुमार शर्मा ९आरके० ले पाँच लाख सहयोग गरेकाछन् उनीहरु दुवैको पुर्ख्यौली थलो पनि बागलुङ नै रहेको छ ।

    images
    images

    अक्षयकोषका संयोजक  पौडेलका अनुसार  बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताएकाका छन् । उनले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको समेत बताए ।निःशुल्क प्रवेश गर्न सकिने र  अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि पौडेलले आग्रह गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend