images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • राइड शेयरिङ एप पठाओ र इनड्राइभ...

राइड शेयरिङ एप पठाओ र इनड्राइभ वर्षा‌को मौकामा दोब्बर भाडा असुल्दै

राइड शेयरिङ एप पठाओ र इनड्राइभ वर्षा‌को मौकामा दोब्बर भाडा असुल्दै

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौँ । राइड शेयरिङ एपहरूले बिहीबारको वर्षा‌पछि यात्रुसँग दोब्बर भाडा असुली रहेको पाइएको छ । राइड अर्डर गर्ने यात्रुको तुलनामा राइडर अपुग भएपछि इनड्राइभ र पठाओले भाडा वृद्धि गरेका हुन् ।सामान्य अवस्थामा बाइकमा १३० रुपैयाँ लाग्दै आएकोमा इनड्राइभले सोही दुरीका लागि २५५ रुपैयाँ देखाइरहेको छ । इनड्राइभमा अस्वाभाविक लाभ पाइने भएपछि राइडरहरूलाई कायम राख्न पठा‌ओले समेत भाडा बढाएर सोही हाराहारी पुर्‍याएको छ ।

    images
    images

    अर्को उदाहरण हेरौँ । प्रतिस्पर्धी कम्पनी जुमजुमले कोटेश्वरदेखि कलङ्कीसम्मको बाइक भाडा जुमजुमले १२५ रुपैयाँ देखाइरहेको छ । छुट बाहेकको मूल्य नै हेर्ने हो भने पनि उक्त एपमा १४५ रुपैयाँ देखिन्छ । जब कि सोही दुरीमा पठाओले २५४ रुपैयाँ र इनड्राइभले २८० मागिरहेका छन् ।

    यतिखेर भने पठाओले समेत इनड्राइभकै सिको गरेको जस्तो देखिएको छ । इनड्राइभ र पठाओले अस्वाभाविक मूल्य अफर गर्दा यात्रुसँगै अन्य प्रतिस्पर्धी राइड शेयरिङ प्लेटफर्मलाई समेत समस्यामा पारेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend