images

२०८३ आश्विन १७ गते

images
images
images

कुलमान र हितेद्रदेवको रिट हेर्न नमिल्नेमा

कुलमान र हितेद्रदेवको रिट हेर्न नमिल्नेमा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्रदेव शाक्यको रिट हेर्न नमिल्नेमा परेको छ।

    images
    images

    अन्तरिम आदेशका लागि सो रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियो। तर दुवै रिट हेर्न नमिल्नेमा परेको छ।

    चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए। शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनुवाइको माग गर्दै रिट लिए सर्वोच्च गएका थिए।

    images
    images

    गत शुक्रबार अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि आज बोलाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend