images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विद्युत प्राधिकरणविरुद्ध कर्मचारीले दिए आन्दोलन गर्ने...

विद्युत प्राधिकरणविरुद्ध कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

विद्युत प्राधिकरणविरुद्ध कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनसँग सरोकार नराखी कर्मचारी सेवा सर्त विनियमावलीमा संशोधन गर्न लागेको भन्दै कर्मचारीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    images
    images

    नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन केन्द्रीय समितिले बिहीबार विज्ञप्ति प्रकाशित गरी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली आम कर्मचारीहरुको प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले विगतका दिनहरूमा विनियमावली संशोधन गर्दा सरोकारवाला पक्ष नेविप्रामा क्रियाशील ट्रेड युनियनहरूसँगको व्यापक छलफल पश्चात् मात्र विनियमावली संशोधन हुने गरिएको स्मरण गराएको छ।

    तर, प्राधिकरण सञ्चालक समितिको यही चैत १२ गते बसेको बैठकबाट नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली २०७५ बाह्रौं संशोधन भएको भन्ने अनौपचारिक जानकारी प्राप्त भएकोले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको आधिकारिक ट्रेड युनियनले जनाएको छ।

    images
    images

    ‘आम कर्मचारीसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी सेवा विनियमावली जस्तो गम्भीर विषय सरोकारपक्ष र आधिकारिक ट्रेड युनियनसँग कुनै पनि छलफल तथा बहस नगरी कर्मचारी र संस्थालाई दीर्घकालिन असर पार्ने गरी नेविप्रा कर्मचारी सेवा, सर्त विनियमावली २०७५ मा रहेको विनियमावली संशोधन उपसमितिलाई लत्याएर मनोमानी ढङ्गले विनियम संशोधन उपसमिति गठन गरी उक्त उपसमितिले पेश गरेको संशोधन मस्यौदा नेविप्रा संचालक समितिको बैठकबाट निर्णय भई गरिएको विनियम संशोधन आधिकारिक ट्रेड युनियनलाई मान्य नहुने व्यहोरा अनुरोध गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।

    आधिकारिक ट्रेड युनियनले कर्मचारीसँग प्रत्यक्ष सरोकार राख्ने विषय नेविप्रा कर्मचारी सेवा शर्त विनियमावली २०७५ संशोधन गर्दा आधिकारिक ट्रेडयुनियनको प्रतिधिनि एवं सरोकारपक्षसँग व्यापक छलफल र बहस पछि मात्रै निर्णय गरियोस् भन्ने माग गरिएको छ।‘अन्यथा, ट्रेड युनियन ऐनको मर्म विपरित भएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौँ अध्यक्ष जनार्दन भट्टराईद्वारा जारी विज्ञप्तिमा चेतावनी दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend