images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ...

आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त

आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ।

    images
    images

    कम्पनीका अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले यसले ग्राहकहरूको कम्पनीप्रति विश्वास बढाएको छ। साथै कर्मचारी र अभिकर्ताहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापनमा रणनीतिक सुधार ल्याइरहेको बताए। उनले डिजिटाइजेसन र अटोमेसन मार्फत प्रक्रियागत सुधार गर्दै दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।ime-life

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend