images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता...

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत, बिहानको काम गरेबापत, दिउँसोको दोस्रो सिफ्टमा काम गरेबापत र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति गरेको हो ।

    images
    images

    अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् । बिहानको पहिलो सिफ्टमा काम गर्ने कर्मचारीको ७५ रुपैयाँबाट १२५ रुपैयाँ र दिउँसो दोस्रो सिफ्टमा काम गर्ने कर्मचारीको ५० रुपैयाँबाट एक सय रुपैयाँ बनाउने सहमति अर्थले दिएको छ ।

    त्यस्तै, बेलुकाकाे सिफ्टमा काम गर्ने कर्मचारीको हकमा १२५ रुपैयाँबाट बढाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाजा भत्ता दर सबै तहका कर्मचारीलाई लागू हुने सहमति प्रदान गरिएको अर्थ मन्त्रालयको सहमति पत्रमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend