images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकले गर्यो भारत र चीनका...

मन्त्रिपरिषद् बैठकले गर्यो भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

मन्त्रिपरिषद् बैठकले गर्यो भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौँ -सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

    images
    images

    नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले आजको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बताए ।

    ‘दुई छिमेकी मुलुक चीन र भारतका राजदूत नियुक्तिको सिफारिस मन्त्रिपरिषद्को आजको बैठकले गर्न सक्छ’, गौतमले  भने । भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् ।

    images
    images

    पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ । चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ । चीनमा एमालेले कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलेको छैन ।

    यसअघि प्रचण्ड नेतृत्वको सरकारले भारत अमेरिका लगायतका ११ वटा देशका राजदूत फिर्ता बोलाएर ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकार फेरिएसँगै अघिल्लो सरकारले सिफारिस गरेका राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न नै सकेको थिएन । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend