images

२०८३ कार्तिक ४ गते

images
images
images

एनआरएनएको १२ औं महाधिवेशन अक्टोवरमा हुने

एनआरएनएको १२ औं महाधिवेशन अक्टोवरमा हुने

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने भएको छ।गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिको निर्णय अनुसार एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराएका हुन्।

    images
    images

    विज्ञप्तिमा भनिएको छ, 'एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराइन्छ। सो महाधिवेशनको लागि संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा सदस्यता वितरण सुरु गरिसकिएको समेत जानकारी गराइएको छ।'

    केही सञ्चार माध्यममा तथा सामाजिक सञ्जालमा नितान्त भ्रमपूर्ण र अफवाह फैलाउने किसिमले आएका विषयहरूलाई वास्ता नगरी पाइप लाइनमा रहेका अन्तर्राष्ट्रिय युवा सम्मेलन, एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन, यूरोप क्षेत्रीय सम्मेलन लगायत सदस्यता, आगामी जुलाईमा गरिसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    यस्तै राष्ट्रिय समन्वय परिषद्हरूको अधिवेशन र आगामी अक्टोबर ११ देखि १४ मा हुने गरी तय भएको संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा ध्यान केन्द्रित गरी सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरूसहित सबैमा अपील समेत गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend