images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा सुधार, ग्लोबल...

वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा सुधार, ग्लोबल बैंक आईएमई अग्रस्थानमा

वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा सुधार, ग्लोबल बैंक आईएमई अग्रस्थानमा

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं ।  पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलन उल्लेख्य रूपमा सुधार गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार, चालु आर्थिक वर्षको माघ महिनासम्ममा २० वटै वाणिज्य बैंकहरुले जम्मा ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

    images
    images

    एनबीएको तथ्यांक अनुसार, माघ महिनामा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंक भने ग्लोबल बैंक आईएमई रहेको छ। यस बैंकले माघ महिनासम्म ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ, जसले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ, कुमारी बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब रुपैयाँ, र प्रभु बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। अन्य प्रमुख बैंकहरुमा नेपाल बैंक, एनआईसी एशिया, हिमालयन बैंक र एभरेष्ट बैंक पनि उच्च निक्षेप संकलनमा रहेका छन्।

    images
    images

    साथै, कम निक्षेप संकलन गर्ने बैंकहरुमा स्टान्डर्ड चार्टर्ड बैंक सबैभन्दा तल रहेको छ, जसले माघ महिनामा १ खर्ब २४ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend